२० श्रावण :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभामा आफ्नो आन्दोलनलाई मंगलबार पनि निरन्तरता दिएका छन्।
गृहमन्त्री रमेश लेखकसमेत जोडिएको भिजिट भिसा प्रकरण सम्बन्धमा संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै रास्वपा र राप्रपाले संसदमा आवाज उठाउँदै आएका छन्। जेठ १५ गतेको बजेट भाषणका लागि सहज वातावरण बनाइदिए पनि उनीहरूले जेठ १३ गतेदेखि लगातार संसदमा आजाव उठाउँदै आएका छन्। मंगलबार पनि उनीहरूले बैठक बहिष्कार गरेका छन्।
बैठक लगत्तै उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद विराजभक्त श्रेष्ठलाई बोल्न दिएका थिए। श्रेष्ठले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनेसम्म विरोध जारी राख्ने बताउँदै आजको बैठक पनि बहिष्कार गर्ने जानकारी गराएका थिए। उनीपछि बोलेका राप्रपाका दीपक सिंहले दुई महिनासम्म पनि माग सम्बोधनका लागि सरकार र संसद गम्भीर नहुनु दुखद भएको बताए।
भिजिट भिसा सम्बन्धमा छानबिन समितिको माग गर्ने सांसदविरुद्ध प्रतिकारमा उत्रनु भन्ने कांग्रेस सांसदको भनाइप्रति उनको गम्भीर आपत्ति थियो। छानबिन समिति गठन नभएसम्म संसदमा विरोध कायम राख्ने र योबीचको भत्ता समेत नलिने सांसद सिंहको भनाइ थियो।
लगत्तै दुवै दलका सांसदहरूले बैठक ग्यालरी छाडेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















