07/18/2025, 15:54:12

मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण


तनहुँ, २ साउनः जिल्लाको व्यासनगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि गत आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण रकम प्रदान गरेको छ ।

गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख ) अन्तर्गत जनही रु पाँच हजारका दरले २४३ लाई रु १२ लाख २५ हजार रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले रकमको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आर्थिक रूपमा कमजोर महिलालाई उक्त रकम प्रदान गरिएको हो ।

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि रु पाँच हजार प्रदान गर्ने कानुनी व्यवस्था छ ।

यसैबीच, पालिकाले ५६ जनालाई अपाङ्गता र १२४ लाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..