मङ्गलबार, पुष ०९, २०८१

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?


९ असोज, काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि आइतबार र सोमबार र मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

बुधबार सहित लगातार चार दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला एक लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading