07/13/2025, 21:29:00

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै


 काठमाडौँ, २९ असारः प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने कार्यसूची  छ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..