10/03/2025, 10:46:44
शुक्रबार, असोज १७, २०८२

सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण


कैलाली, १५ असारः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

गत जेठ १९ गते प्रदेशसभाबाट पारित भएको सो विधेयकलाई प्रदेश प्रमुख मियाँले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो । तीन दिनसम्मको अध्ययनपछि प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गर्नुभएको हो ।

यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ । सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापनसम्बन्धी कानुन खाँचो रहेको भन्दै स्थानीय सेवा गठनसम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो ।