06/29/2025, 18:04:57

निर्धारित समयमा कांग्रेसको महाधिवेशन हुनुपर्ने


चितवन, १५ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताउनुभयो । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उहाँले बताउनुभयो ।अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उहाँले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ