06/26/2025, 13:53:04

ईरान–इजरायल युद्धविरामपछि स्थिति शान्त हुँदै, दुबै पक्षबाट गम्भीर प्रतिक्रिया


यरुशलम, १२ असार : ईरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविराम दोस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय अवस्था क्रमशः शान्त हुँदै गएको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘सफल रूपमा अघि बढिरहेको’ टिप्पणी गर्नुभएको छ । उहाँको भनाइअनुसार अमेरिकी आक्रमणहरूले ईरानको आणविक क्षमतामा गहिरो क्षति पु¥याएको र ‘दशकौं पछाडि धकेलेको’ दाबी गरिएको छ ।

तर अमेरिकी गुप्तचर विवरणहरूले ती आक्रमणहरूबाट ईरानको सबै सञ्चालित केन्द्रीय उपकरणहरू पूर्णरूपमा नष्ट नभएको उल्लेख गरेका छन् । रिपोर्टका अनुसार केही भूमिगत आणविक भवनहरू अझै सुरक्षित रहेका छन्, जसका कारण कार्यक्रम केही महिना मात्रै पछि धकेलिएको हो ।

यता इजरायली सेनाले ईरानको आणविक पूर्वाधारमा ‘महत्त्वपूर्ण क्षति’ पु¥याएको दाबी गर्दै उक्त अभियानले केही वर्षसम्मको ढिलाइ गराएको विश्वास व्यक्त गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई ‘ऐतिहासिक विजय’ भनेका छन् ।

Emergency workers check the damage caused to a building from an Iranian missile strike in Beersheba in southern Israel on June 24, 2025. Israeli emergency services said on June 24 three people were killed and two wounded in an Iranian missile strike in southern Israel, shortly before a staggered ceasefire announced by US President Donald Trump was meant to enter force. (Photo by John Wessels / AFP)

ईरानका राष्ट्रपति मसउद पेसेश्कियानले शान्तिपूर्ण रूपमा परमाणु ऊर्जा प्रयोग गर्ने आफ्नो देशको अधिकार सुरक्षित रहने बताउनुभयो । साथै, युद्धको समयमा सीमित गरिएको इन्टरनेट सेवा पुनः सामान्य अवस्थामा फर्काउने प्रक्रिया सुरु गरिएको साइबर शाखाले जनाएको छ ।

ईरानले युद्धमा ज्यान गुमाएका वरिष्ठ सैन्य अधिकृत र वैज्ञानिकहरूको सम्मानमा शनिबार राजकीय अन्त्येष्टि गर्ने तयारी गरेको छ । पहिलो दिनै इजरायली कारबाहीमा ज्यान गुमाएका क्रान्तिकारी गाड्र्सका प्रमुख होसेइन सलामीलाई बिहीबार अन्त्येष्टि गरिनेछ ।

ईरानी स्वास्थ्य मन्त्रालयका अनुसार युद्धको क्रममा ६१० जना सर्वसाधारणको मृत्यु भएको छ भने इजरायली पक्षका अनुसार ईरानी आक्रमणबाट २८ जनाको ज्यान गएको छ । यता, इजरायलले ईरानको केन्द्रीय बैंकलाई आतङ्कको आर्थिक स्रोतको रूपमा औपचारिकरूपमा घोषणा गर्दै ‘मध्यपूर्वमा आतंकवादलाई प्रोत्साहन गर्ने प्रणाली’ को रूपमा दोष लगाएको छ ।

यसैबीच, ईरानी संसदले अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियामक संस्था (आइएइए) सँगको सहकार्य स्थगित गर्ने निर्णय गरेको छ, जुन कानुनी रूपमा लागू हुनका लागि संरक्षक परिषद्को अनुमोदन आवश्यक हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ