मङ्गलबार, पुष ०९, २०८१

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?


३० भदौ, काठमाडौं । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । यो साता नै फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर घटाउने करिब निश्चित भएसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेडले सेप्टेम्बर १७ वा १८ मा ०.५० प्रतिशत विन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ । हाल फेडको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ । चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading