मङ्गलबार, पुष ०९, २०८१

नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी


३० भदौ, काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।

२५ सदस्यीय एशोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् । शुक्रबार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत ल्याएकाे हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading