06/06/2025, 09:41:41

राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग


काठमाडौँ, २१ जेठः राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ । बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको हो  ।
सांसद शर्माले सरल रूपमा छानबिनको प्रक्रिया अगाडि बढाउन नैतिकताको आधारमा राजीनामा दिएर गृहमन्त्री लेखकले सहयोग गर्नुपर्ने माग गर्नुभयो । “निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर बाटो खुलाउनुपर्छ । कर्मचारी मात्रै दोषी भए पनि छानबिनमा सहयोग गर्न राजीनामा दिएर मार्ग सहज बनाउनु पर्छ । यस विषयमा छानबिन गर्नुपर्ने र यसका लागि मन्त्री लेखकले राजीनामा दिनुपर्छ”, उहाँले भन्नुभयो, “छानबिनमा सत्तारुढ दल एमाले र कांगे्रेसले पनि सहयोग गर्नुपर्छ ।”


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ