05/28/2025, 12:38:00

दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने छ : खानेपानीमन्त्री यादव


हेटौँडा (मकवानपुर), १३ जेठः खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताउनुभएको छ ।

आज हेटाँैडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।

सो कार्यक्रमका विशिष्ट अथिति एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पु¥याउने योजनाको मूर्तरूप भएको बताउनुभयो ।

खानेपानी तथा सरसफाइको दीगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्ययोजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ ।

बृहत शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उक्त आयोजना कूल रु छ करोड ६७ लाख ६७ हजार २६३. ९२ मा सम्पन्न भएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ