05/15/2025, 20:24:55

काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक


राजविराज (सप्तरी), १ जेठः गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले ) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पार्नुभएको छ ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भन्नुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ । ” उहाँले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ