काठमाडौँ, २९ वैशाख : नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । आइतबार प्रतितोला ३ सय रुपैयाँ घटेको सुन सोमबार एकै पटक ३ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमाबर छापावाल सुनको भाउ तोलाको १ लाख ८६ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।