२६ वैशाख, काठमाडौं । भारत सरकारको निर्देशनअनुसार सोसल मिडिया प्लेटफर्म एक्सले भारतमा सञ्चालित ८ हजारभन्दा बढी खाताहरूमा सम्बन्धित व्यक्तिको पहुँच रोक्ने घोषणा गरेको छ। सरकारले पाकिस्तानसम्बन्धी सामग्रीहरूमाथि निगरानी कडा पार्दै यो नयाँ कदम उठाइएको हो।
एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ । ‘भारत सरकारबाट कार्यकारी आदेश प्राप्त भएको छ जसअनुसार भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गर्न भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो आदेश पालना नगरेमा प्लेटफर्मका स्थानीय कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम छ।’
एक्सका अनुसार भारत सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि समावेश छन् । यद्यपि एक्सले ब्लक गरिएका खाताहरू बारे जानकारी सार्वजनिक गरेको छैन ।
भारतीय सरकारले कुन–कुन पोस्टले कानुन उल्लङ्घन गर्यो भन्ने स्पष्ट आधार पेस नगरेको एक्सले स्पष्ट पारेको छ । भारत सरकारको आदेश माने पनि एक्सले यो कदममा फरक मत राखेको छ । ‘सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन हो,’ एक्सले भनेको छ ।
एक्सले यो निर्णय सहज नभए पनि भारतमा एक्स सञ्चालन गरिराख्नका लागि एक्स बाध्य भएको स्पष्ट पारेको छ । ‘भारतमा एक्स सक्रिय राख्नु नागरिकको सूचना पहुँचको अधिकारका लागि आवश्यक’ भएकोले यस्तो कदम चालिएको एक्सले जनाएको छ ।
विहीबार मात्र इन्टाग्राम सञ्चालक संस्था मेटाले भारत सरकारको माग अनुसार एक प्रमुख मुस्लिम समाचार पृष्ठ भारतीय प्रयोगकर्ताहरूका लागि बन्द गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















