05/04/2025, 19:25:58

केआइआइटीमा दोहोरिएको घटनाको छानबिन हुनुपर्ने : राष्ट्रियसभा अध्यक्ष दाहाल


काठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गर्नुभएको थियो । त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उहाँले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ