07/05/2025, 16:01:13

एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००


काठमाडौँ, १४ वैशाखःआज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..