04/27/2025, 04:46:13

संविधान र कानुन पालना गराउन कलम चलाउन आवश्यक छ: सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ


अत्तरिया (कैलाली), १३ वैशाखः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले संविधान र कानुनको पालना गराउन सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

आज धनगढीमा आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधान र कानुन कार्यान्वयनका लागि सबै जुट्नुपर्ने बताउनुभयो । प्रदेश प्रमुख मियाँले भन्नुभयो, “संविधान र कानुन अक्षरशः पालन गराउनका लागि सबैले भूमिका खेल्नुपर्छ । यसमा पत्रकारको कलम झन् महत्वपूर्ण छ ।

सञ्चार क्षेत्र जोखिम रहे पनि परिवर्तनका लागि महत्वपूर्ण रहेको भन्दै समाजमा रहेका विकृति र पछाडि परेका समुदायका बारेमा आवाज उठाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले सञ्चार क्षेत्रमा आफ्नो मन्त्रालयले सक्दो सहयोग गर्ने बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ