४ भदौ, धनगढी । कैलालीको विभिन्न स्थानबाट झन्डै ३ लाखका सामान बरामद गरिएको छ।
धनगढी–२ ट्राफिक चौराहा, धनगढी–३ मिलनचोक, धनगढी–८ प्रगतीटोल र टीकापुर–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ७८ हजार २५० मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त स्थानबाट प्याज, चिनी, ब्लाउज, कुर्ती, सुटपिस, साडी, मोबाइल टच, टच चिप्काउने ट्युव, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














