04/21/2025, 15:26:42

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो


काठमाडौँ, ८ वैशाखः सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ