04/19/2025, 15:39:21

नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा सम्पन्न


भादगाउँ (भक्तपुर), ५ वैशाख : नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ । आज साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पु-याई गःहिटिबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी(पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी आज बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ । हात नभएको योसिंद्यलाई छैटौँ दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ