04/01/2025, 23:29:39

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ६०० रुपैयाँ बढे


काठमाडौं, १७ चैत : आइतबार नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइत्बार लागि सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ