05/21/2025, 14:11:24

तोलामा नौ सय घट्यो सुनको मूल्य


काठमाडौँ, १० चैत : गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आइतबार सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९०० रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा खरिद बिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।