01/09/2026, 06:29:09
शुक्रबार, पुष २५, २०८२

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढे


१७ साउन, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँ रहेको चाँदी यस दिन १७५० कायम भएको छ ।