मङ्गलबार, पुष ०९, २०८१

केन्द्रीय कार्यालयमा बाढी पसेकाले एमालेको सचिवालय बैठक होटेलमा बस्दै


१७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने छ ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक बस्न लागेको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने उल्लेख गरेका छन् ।

सचिवालय बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने एमालेले जनाएको छ । एमालेले पार्टीमा एक व्यक्ति एक पद लागू गर्दै छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading