11/19/2025, 19:52:50
बुधबार, मङि्सर ०३, २०८२

सुनको मूल्य स्थिर, चाँदीको भाउ घटे


काठमाडौँ, ४ चैतः सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि शुक्रबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ७४ हजार ५ सय पुगेको थियो ।

चाँदीको भाउ ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा झरेको छ ।