मङ्गलबार, पुष ०९, २०८१

सशस्त्र प्रहरी बलले ५ करोड ९० लाखको अबैध सामान बरामद


धनगढी साउन ३ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलाली ले आर्थिक बर्ष २०८०/८१ मा ५ करोड ९० लाख २ हजार ८ सय ९८ लाख रुपैयाँ बराबरको भन्सार छली गरेको सामान बरामद गरेको छ । ३४ नं गण का गणपती दल बहादुर पान्डेले सिमा सुरक्षा , सिमामा हुने कुनैपनी अबैधानिक गतिविधि रोक्न सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको बताउनुभयो ।

भन्सार छली गरेर आएका र बरामद गरिएको सामान ओसारपसार गर्न प्रयोग भएका सवारी साधनमा ट्रयाकटर १, बोलेरो २ , मोटरसाइकल ४६ , स्कुटर १ र अटाेरिक्सा १ थान गरेर जम्म्मा ५१ थान सवारीसाधन र ओसारपसार गर्नमा संलग्न २८ जनालाइ समेत पक्राउ गरेर भन्सार को जिम्मा लगाएको ३४ नं गण का सुचना अधिकारी राजेन्द्र कुवर ले बताउनुभयो ।

समाजको बिकृति भाइरस को रुपमा रहेको लागू औषध नियन्त्रणमा समेत सशस्त्र प्रहरी सजग रहेको गणपती पान्डेले बताउनुभयो । पान्डेले यो आर्थिक बर्षमा लागू औषध ओसारपसार मा संलग्न १९ जनालाई पक्राउ गरिएको र ती ब्यक्तिहरुबाट १ किलो चरेस , ब्राउन सुगर १२.०७ ग्राम , हिरोईन १.८९ ग्राम , गाँजा २० ग्राम , प्रोक्सवेल ट्याबलेट १६ पिस , ट्रामाडाेल १६ पत्ता , नाइट्राजिपाम २ पत्ता बरामद गरेको बताउनुभयो ।

त्यसैगरी मानबबेचबिखन तथा ओसारपसार मा संलग्न २२ जनालाई पक्राउ गरिएको र २८ जना चेलिबेटी को उद्दार गरियको ३४ नं गण का गणपतिले बताउनुभयो ।

सुचनाअधिकारी राजेन्द्र कुवर ले रिवल्भर १ थान र त्यसमा प्रयोग हुने गोलि ६ वटा र २ जनालाई पक्राउ गरेर आवश्यक कानुनी कार्बाही अघि बढाएको बताउनुभयो ।

भन्सार छली गरेर ल्याएको सामानमा कपडा , हार्डवेयर , मोटरपार्टस , किराना सामान रहेको छन्।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading