धनगढी, असार २४ । कञ्चनपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ। मौसमविद् गोविन्द झाका अनुसार नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी वर्षा हो। यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा मापन भएको थियो।
मौसमविद् गोविन्द झाका अनुसार सुदूरपश्चिम प्रदेशको अन्यत्र पनि भारी वर्षा भइरहेको छ। बाँकी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उनले बताए।
पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















