मटिहानी (महोत्तरी), २१ फागुन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताउनुभएको छ ।
जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा आज महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले झापाबाट सुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौँ जनतामा उत्साह सिर्जना गरेको दाबी गर्नुभयो । उहाँले कञ्चनपुरसम्म पुग्दा दशौँ लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत हुने विश्वास व्यक्त गर्नुभयो ।
लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारू गरेपछि योजना अघि बढेको दाबी गर्नुभयो । उहाँले नेपालमा तीन सय वर्षअघि संस्थागतरूपमा शिक्षाको सुरू भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













