बिहिबार, फागुन १५, २०८१

जबरजस्तीकरणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ


भादगाउँ (भक्तपुर), १५ फागुनः जबरजस्तीकरणी मुद्दामा दोषी भइ फरार एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु घर भई हाल चाँगुनारायण नगरपालिका–९, ताथली बस्दै आएका ४९ वर्षीय अच्युतमणि रिसाल रहेको प्रहरीको भनाइ छ । रिसाललाई प्रहरीले भक्तपुर नगरपालिकाको च्याम्हसिंहबाट पक्राउ गरेको हो ।

रिसाललाई भक्तपुर जिल्ला अदालतले गत कात्तिक २१ गते जबरजस्ती करणी मुद्दामा सात वर्ष कैद र रु तीन लाख दण्ड जरिवाना हुने फैसला गरेको थियो । रिसाल अदालतको पैmसलापछि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

रिसाललाई कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवल पठाइएको न्यौपानेले जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ