बिहिबार, फागुन १५, २०८१

ट्रकको ठक्करबाट महिलाको मृत्यु


कञ्चनपुर, १५ फागुन : पूर्वपश्चिम राजमार्गअन्र्तगतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको छ । मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् ।

घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ