बिहिबार, फागुन १५, २०८१

सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो


१५ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । विगत दुई दिनमा सुनको मूल्य १ हजार घटेको हो । यसअघि मंगलबार हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९४० रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ