बिहिबार, फागुन ०८, २०८१

सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रमुखबीच भेट


कैलाली, १ फागुनः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ ।

दुवै प्रदेश प्रमुखबीच सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा आज भेटवार्ता भएको हो । उहाँहरूबीच संविधानले दिएको अधिकारको दायरामा रहेर अन्तर प्रदेश समन्वर्य, असल र राम्रा कामअनुुसरण गर्नेलगायत विषयमा कुराकानी भएको सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश प्रमुख भट्टलाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै प्रदेश प्रमुख मियाँले मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यसअवसरमा सुदूरपश्चिम प्रदेशबाट प्रदेशको कार्यालयका प्रमुख नवराज ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिरअलीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ