काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज (बुधवार) पनि निरन्तरता पाएको छ। यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २ हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ।
आज विभिन्न ३११ कम्पनीका १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर ९० हजार २१० पटक खरिदबिक्री हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ समूह शून्य दशमलव ०९ र म्युचुअल फन्ड समूह शून्य दशमलव १४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै घट्नेमा भने जलविद्युत् समूह १ दशमलव २७ र लगानी समूह १ दशमलव ६५ प्रतिशत रहेका छन्।
चन्द्रागिरी हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको २५ करोड १५ लाख ६८ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अरुण काबेली पावर लिमिटेडको ५ लाख ७१ हजार ८७४ कित्ता शेयर किनबेच भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














