शनिबार, फागुन १०, २०८१

कर्णालीमा एक लाख २० हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने


कर्णाली, २२ माघः राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कर्णालीमा आजदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबँेसी नगरपलिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा आज खोप अभियान शुभारम्भ गर्नुभयो । उहाँले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य समस्याका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको हकमा बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको सुनाउनुभयो । दीर्घरोग उपचारका लागि समेत सरकारले योजना निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो ।

खोप अभियानका क्रममा कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।