आइतबार, माघ २०, २०८१

सूर्यज्योति लाइफको ‘जीवनको लागि न्यानो साथ’ नाराका साथ कम्बल तथा न्यानो कपडा वितरण


काठमाडौँ, २० माघ :  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवनको लागि न्यानो साथ‘ नाराका साथ कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । सूर्यज्योतिले मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्कुल र सामाजिक संस्थालाई कम्बल तथा न्यानो कपडा वितरण गरेको हो ।

सूर्यज्योतिले बाराको कलैयास्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरुको लागि २२ ज्याकेट र धनुषाको जनकपुरस्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीहरुका लागि ४६ न्यानो ज्याकेट वितरण गरेको छ ।

त्यस्तै ललितपुरको पाटन सामुदायिक पुनर्स्थापना संस्थाको सहकार्यमा अपांगता समस्या भएका बालबालिका तथा युवाहरुका लागि ५० न्यानो ज्याकेट र बागलुङको काठेखोला गाउँपालिका-५, बिहुदहपानीको बालग्राम आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरेको हो । त्यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१०, हदौना क्षेत्रका अति विपन्न ५०० परिवारहरुलाई ५०० वटा न्यानो सिरक पनि सूर्यज्योतिले वितरण गरेको छ ।

सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले अत्याधिक चिसोको कहरबाट असहाय बालबालिका तथा वृद्धवृद्धा र विपन्न परिवारलाई जोगाउन सिरक, कम्बल तथा न्यानो लुगा वितरण अभियान चलाइएको बताए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading