04/21/2025, 06:00:47

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौँ, २० माघः  स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।