बिहिबार, माघ १७, २०८१

महाकुम्भ दुर्घटनाः मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उहाँले एक्समा लेख्नुभएको छ, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ ।

प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहनुभएको छ । उहाँले बुधबार बिहानदेखि समाचार तयार पार्दासम्म तीन पटकसम्म उत्त। प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो । दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ ।

महाकुम्भमा स्नान गर्ने अन्य महत्वपूर्ण तिथिहरू वसन्त पञ्चमी (फेब्रुअरी ३), माघी पूर्णिमा (फेब्रुअरी १२) र महाशिवरात्रि (फेब्रुअरी २६) रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading