पाटन (ललितपुर), १२ माघः बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताउनुभएको छ ।
नेपालभाषा मंकाः खलः यलद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा एवं सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री लामाले भाषा र संस्कृति समाजको पुँजी भएकाले यसको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
“नेपालको मातृभाषा, संस्कृति संरक्षणका लागि संविधानले धेरै विषय सुनिश्चितता गरेको छ, जातजाति र जनजातिका लागि अवसर सृजना गरेको छ”, उहाँले भन्नुभयो, “बागमती प्रदेशले पनि भाषा ऐन निर्माण गरी जनजातिको पक्षमा काम गरिरहेको छ ।” उहाँले कानुन निर्माण भए पनि नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा क्रममा जटिलता सृजना भए पनि शुक्रबार मात्रै मन्त्रिपरिषद्को बैठकले सहजीकरण गर्न व्यवस्था गरेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री लामाले सत्यमोहन जोशी नेपाल भाषा साहित्य पुरस्कार भाषा र संस्कृति जोगाउने काम गर्नेका लागि सम्मान भएको बताउनुभयो । “नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनका लागि जोड दिइनेछ, मातृभाषाको अस्पस्टताका कारणले गर्दा विगतमा धेरैका नामहरु बिग्रिएको अवस्था थियोे, अब त्यो समस्या समाधान हुन्छ, सरकारी कामकाजमा निर्धक्कका साथ नेपाल भाषा र तामाङ भाषालाई प्रयोग गर्न सकिन्छ, भाषा सिकाउन आवश्यक बजेट विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो । त्यसअवसरमा भाषासाहित्यको क्षेत्रमा निरन्तर योगदान गर्दै आउनुभएका भाषासेवी तिलकप्रसाद कायस्थलाई रु ५१ हजारसहित सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार प्रदान गरिएको थियो ।
त्यसअवसरमा बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले नेपालको भाषा आन्दोलनमा मंकाः खलःको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भाषिक आन्दोलनले भाषा, संस्कृतिको संरक्षणका लागि मात्रै नभई राजनीतिक परिवर्तनका लागिसमेत सहयोग पु¥याएको बताउनुभयो ।
चित्रकारले सत्यमोहन जोशी, पद्मरत्न तुलाधरलगायतको योगदानले नेपालको भाषिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै भाषिक आन्दोलन पहिचानको आन्दोलन हो भन्नुभयो । उहाँले भाषा नरहे जाति रहँदैन भन्दै नेपाल भाषा मंकाः खलःलाई बागमती प्रदेश सरकारका लागि नेपालभाषाको स्रोत केन्द्रका रुपमा सहयोग पु¥याउन सक्नेगरी नेपाल भाषा मंकाः खलःलाई विकास गरिनुपर्छ भन्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










