बुधबार, माघ ०९, २०८१

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा


कञ्चनपुर, ९ माघः कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।

नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ । यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताउनुभयो ।

नगर क्षेत्रभित्र माग भएका ठाउँमा यन्त्र घरसम्म पुर्याउने र घरबाट नगरपालिका कार्यालयसम्म ल्याउन कर्मचारीलाई खटाउँछौँ”, नगरप्रमुख ओझोले भन्नुभयो, यन्त्र प्रयोग गरेवापत र ल्याउँदा लैजाँदा कुनै शुल्क लिदैनौँ, सेवा पूर्ण रूपमा निःशुल्क हुन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading