मङ्गलबार, माघ ०१, २०८१

नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या


काठमाडौँ, २९ पुसः  जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४० किसानको हत्या गरेको छ ।

बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लुएपी) का लडाकुहरूले आइतवार राति चाड तालको किनारमा रहेको डुम्बामा धेरै किसानहरूलाई गोली हानेर मारेको बताउनुभयो ।

प्रारम्भिक रिपोर्टहरूले करिब ४० किसानहरू मारिएका देखाएका छन् । आक्रमणबाट बाँचेका धेरै किसानहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न खोजी भइरहेको छ,” तारले बताउनुभयो ।

राज्य सरकारले यस क्षेत्रमा जिहादीहरूसँग लडिरहेका सेनालाई विद्रोही तत्वलाई ट्र्याक गर्न र नष्ट गर्न आदेश दिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading