मङ्गलबार, माघ ०१, २०८१

दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना


खोटाङ, २९ पुसः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । चित्रकलाको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धनसँगै कला, साहित्य र मौलिक संस्कार/संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कला सङ्ग्रहालय स्थापना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उक्त कला सङ्ग्रहालयको औपचारिक उद्घाटन गर्नुभयो । सङ्ग्रहालय उद्घाटन गर्दै मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कार/संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो ।

नगरपालिकाले विसं २०८० असोज १७ गतेदेखि २० गतेसम्म मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरेको थियो । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलमा आयोजना गरिएको कार्यशाला तथा प्रदर्शनीमा सहभागी नेपालसहित विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ८२ वटा चित्रलाई सङ्कलन गरी कला सङ्ग्रहालय स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

चित्रकलाका माध्यमबाट खोटाङ र सिङ्गो देशलाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कला सङ्ग्रहालय स्थापना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई थप प्रवर्द्धन गर्न सबैको सहयोग आवश्यक छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading