शनिबार, पुष २०, २०८१

युक्रेनले सन् २०२५ मा ‘रणभूमि’ र ‘वार्ताको टेबुल’ दुबैमा सङ्घर्ष गर्छ: जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसको तीन वर्ष लामो आक्रमण अन्त्यका लागि कुनै पनि वार्ता र युद्धस्थलमा डटेर आफ्नो मुलुकको अधिकारका बिषयलाई स्थापित गर्न सङ्घर्ष गर्ने बताउनुभएको छ ।

युक्रेनी नेताको सम्बोधनबाट यो बुझ्न सकिन्छ कि युद्धग्रस्त युक्रेनका लागि यो वर्ष निकै कठिन वर्ष हो, जसले करिब तीन वर्षदेखि राम्रो स्रोत साधन भएको रूसी सेनासँग लडिरहेको छ ।

एएफपीको एक विश्लेषणअनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा रूसले सात गुणा बढी युक्रेनी भूभागमा अतिक्रमण गरेको छ र सन् २०२५ को मध्यतिर रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बागडोर सम्हाल्दा अमेरिकी सैन्य तथा राजनीतिक समर्थनमा कमी आउने सम्भावना छ ।

आगामी वर्षमा हरेक दिन युक्रेन कमजोर छैन भनी पमाणित गर्न हामी सबैले युक्रेनको पक्षमा आ–आफ्नो स्थानबाट युद्धभूमि र वार्ताको टेबुल दुवैमा लड्नुपर्छ किनकि केवल यस्तो यूक्रेनले मात्र सम्मान पाउँछ र उसको आवाज सुनिन्छ,” जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो ।

सन् २०२५ हाम्रो वर्ष होस् । यूक्रेनको बर्ष । हामी जान्दछौं हामीलाई उपहारको रूपमा कि शान्ति दिइनेछैन, तर हामी रूसलाई रोक्न र युद्ध अन्त्य गर्न सबै कुरा गर्नेछौँ । हामी सबै यही चाहन्छौँ,” उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले जनवरीमा ट्रम्पले कार्यभार सम्हाल्नुअघि किएभलाई समर्थन गर्ने होडमा युक्रेनका लागि करिब छ अर्ब अमेरिकी डलरको सैन्य र बजेट सहायताको घोषणा गरेको छ ।

रिपब्लिकन पार्टीका नेता ट्रम्पले आफू सत्तामा आएपछि ‘२४ घण्टाभित्र’ द्वन्द्व अन्त्य गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको उक्त भनाइले युक्रेनमा शान्तिको लागि क्रेमलिनले हाल नियन्त्रणमा लिएको सबै भूमि त्याग्न बाध्य हुने सम्भावना बढेको छ ।

जेलेन्स्कीले भन्नुभयो, “नयाँ अमेरिकी राष्ट्रपति युक्रेनमा शान्ति हासिल गर्न र पुटिनको आक्रामकता अन्त्य गर्न इच्छुक र सक्षम हुनुहुन्छ भन्नेमा मलाई कुनै शङ्का छैन ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको पूर्वसन्ध्यामा मङ्गलबार सम्बोधन गर्दै युक्रेनमा भएको युद्धको स्पष्ट उल्लेख गर्नुभएन तर रुसी सैनिकको ‘साहस र बहादुरी’को प्रशंसा गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading