04/10/2025, 22:28:08

६ सय घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार?


१६ पुस, काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।