शुक्रबार, पुष १२, २०८१

नेपाली कांग्रेसको ‘एक सय दिने विशेष अभियान’ को समयवाधि थप


काठमाडौँ, ११ पुसः नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ । यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको अभियान माघ १६ गते समापन गर्ने गरी समयावधि थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपनिर्वाचनका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले केही जिल्लामा अभियानका तोकिएका कार्य सम्पादन हुन नसकेको उल्लेख गर्दै समयावधि थप गरिएको हो ।

ती जिल्लाहरूले सहिद दिवसका दिन माघ १६ मा समापन गर्ने गरी समयावधि थप गरिएको हो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समिति र सम्बद्ध सबैलाई थप अवधिमा साङ्गठनिक रूपले गर्न÷गराउन निर्धारित सबै कार्यहरू व्यवस्थित रूपले अघि बढाउन कांग्रेसले निर्देश गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको  ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन यही पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading