काठमाडौँ, ८ पुस : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोमाथि रूसी ग्यास आयात जारी राखेर राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मद्दत’ गर्न चाहेको आरोप लगाउनुभएको छ ।
आइतबार मस्को भ्रमण गरेको बेला फिकोले रुसमाथिको ऊर्जा निर्भरता घटाउन विरोध गरेको युरोपेली सङ्घ (इयु) का नेताहरूले देखेको उल्लेख गर्दै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “यसले उहाँ पुटिनलाई युद्धका लागि पैसा कमाउन र युरोपलाई कमजोर पार्न मद्दत गर्न चाहनुहन्छ भन्ने सङ्केत गर्दछ, पुटिनलाई यस्तो सहयोग अनैतिक हो भन्ने हामी विश्वास गर्छौं ।”
स्लोभाकिया रूसी ग्यासमा धेरै निर्भर छ र युक्रेन हुँदै ग्यास पारवहनको सम्झौता डिसेम्बर ३१ मा समाप्त हुँदै जाँदा आपूर्ति गुमाउने सम्भावनाबारे चिन्ता व्यक्त गरेको छ । युक्रेनले रुससँगको सम्झौता नवीकरण नगर्ने स्पष्ट पारेको छ ।
“यो निकै कठिन अवस्था हो, यसमा थप ध्यान दिन आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सोमबार पत्रकारहरूलाई भन्नुभयो ।
सन् २०२२ मा युक्रेनसँगको शत्रुता फैलिएपछि पुटिन र मस्कोसँग मैत्रीपूर्ण रहेका केही युरोपेली नेतामध्ये फिको एक हुनुहुन्छ । नाटो र इयुको सदस्य देशका फिकोको भ्रमण पहिले घोषणा गरिएको थिएन । वार्तापछि आफ्नो फेसबुक खातामा पोस्ट गरिएको एक बयानमा फिकोले आइतबारको बैठक ‘युक्रेन हुँदै हाम्रो क्षेत्रमा ग्यासको कुनै पनि पारवहन’ को विरोध गर्ने जेलेन्स्कीको ‘जवाफमा’ भएको बताउनुभयो ।
“पुटिनले पश्चिम र स्लोभाकियालाई ग्यास आपूर्ति जारी राख्न रुसको तत्परता पुष्टि गर्नुभएको थियो, यो जनवरी १ पछि व्यावहारिक रूपमा असम्भव छ”, विस्तृत विवरण निदई उहाँले भन्नुभयो ।
दुवै नेताले युक्रेनको द्वन्द्व र यसको ‘चाँडो शान्तिपूर्ण अन्त्य’ हुने सम्भावनाबारे पनि विचार आदान प्रदान गरेको उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















