07/06/2025, 01:09:29

११ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौँ, ७ पुसः आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक र चाँदी प्रतितोला रू तीसले बढेको छ ।

गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू एक हजार सात सय ९० मा कारोबार हुनेछ ।