चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्नका लागि जीप सफारीमा जाने तयारीमा आन्तरिक पर्यटक । खैरहनी नगरपालिका १२ र १३ मा पर्ने यस सामुदायिक वन सौराहा आउने पर्यटकका लागि वन्यजन्तु हेर्न जाने उत्कृष्ट गन्तव्य बन्दै गएको छ
Click on Photo to Enlarge
चितवनको सौराहास्थित राप्ती किनारमा रहेको राइनो होटल परिसरमा बिहीबार बिहान चरिरहेको एकसिङ्गे गैँडा । चितवन राष्ट्रिय निकुन्जका गैँडा, बाघ, हात्तीलगायतका वन्यजन्तु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गर्छन्
Click on Photo to Enlarge
तनहुँको भिमाद नगरपालिका-१ बडहर भञ्याङमा बुधबारदेखि सुरु भएको कान्छी बजार मेलाका अवसरमा आयोजित खुल्ला मौलिक कौरा प्रतियोगितामा सहभागी हुन आएका कलाकार नृत्य प्रस्तुत गर्दै
Click on Photo to Enlarge
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार आयोजित १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनमा मार्चपासमा सहभागी खेलाडीहरू
Click on Photo to Enlarge
मनाङको ङिस्याङ गाउँपालिका-३ ङावल गाउँमा अवस्थित घलेराजाको दरबारको भग्नावशेष नेपालमा बाइसे-चौबिसे राज्यकालमा मनाङमा घलेजातीले राजकाज चलाएका थिए
Click on Photo to Enlarge
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित आँबुखैरेनी बजार र आसपासका क्षेत्र
Click on Photo to Enlarge
चितवनको माडी नगरपालिका-८ स्थित ऐतिहासिक वैकुण्ठ ताल । यहाँ भगवान् श्रीरामले स्नान गरेको धार्मिक किंवदन्ती रहेको छ । यहाँ वाला चतुर्दशीमा विशेष मेला लाग्ने गर्दछ । पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्री आउने क्रम बढ्दो छ
Click on Photo to Enlarge
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बुधबार बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ्ग-तातोपानी कुण्डमा स्नान गर्नुहुँदै
Click on Photo to Enlarge
चितवनको माडी नगरपालिका-८ स्थित बैकुण्ठधाम क्षेत्रमा रहेको धनलक्ष्मी झरना । पूर्वाधार र प्रचारप्रसारको अभावले यस झरना ओझेलमा परेको छ
Click on Photo to Enlarge
गुल्मीको छत्रेकोट गाउँपालिकाको धार्मिक तथा पर्यटकीयस्थल चोयघा मन्दिर । पछिल्लो समय मन्दिरमा थपिएका नयाँ संरचनाले पर्यटकको संख्या समेत थपिएको छ