कैलालीको चुरे गाउँपालिका–६ स्थित सिद्ध हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उपभोक्ताहरुलाई वितरण गरिएका बाख्रा तथा ग्यास चुलो
Click on Photo to Enlarge
वीरगञ्ज महानगरपालिका– १० मा अवस्थित घडिअर्वा पोखरी । वीरगञ्ज घुम्न आउने पर्यटकको रोजाइमा यो पोखरी पर्दै आइरहेको छ
Click on Photo to Enlarge
बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो
Click on Photo to Enlarge
बाँकेको बैजनाथ गाउँपालिकामा कालानमक जातको धान रोप्दै स्थानीय किसान । सिँचाइको सुविधा भएका बैजनाथाका केही ठाँउमा धान रोपाइ भएपनि अन्य ठाँउमा अझै धान रोपाइँ हुन सकेको छैन
Click on Photo to Enlarge
व्यापारिक केन्द्रको रूपमा परिचत तनहुँको भिमाद बजार । यहाँबाट नवलपुर, बर्दघाट सुस्ता पूर्व, पाल्पा र स्याङ्जा लगायतका भेगमा आवत जावत गर्न सकिन्छ
Click on Photo to Enlarge
सुनसरीको गढी गाउँपालिका–३, छिटाहामा शुक्रबार रोपाइँ गर्दै रोपाहार । आधा असार हुन लाग्दासम्म समेत पर्याप्त पानी नपरेर सिँचाइका लागि वैकल्पिक व्यवस्था गर्नु पर्दा किसानको लागत बढेको छ
Click on Photo to Enlarge
म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा आरनमा घरेलु औजार बनाउँदै शेरबहादुर विक । उहाँको परिवारले परम्परागत रुपमा सञ्चालन गर्दै आएको आरन पेसाबाट जीविकोपार्जन गर्दै आएका छन्
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँस्थित रहेको ढुम्बा ताल । बर्खा लागेसँगै करिब दुई हप्ता यता ढुम्बा तालमा पर्यटकको आगमन नहुँदा ताल क्षेत्र सुनसान भएको छ
Click on Photo to Enlarge
कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकको वडा नं ११ डाँडागाउँ र पृष्ठभूमिमा हिमाल