मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित ऐतिहासिक र पर्यटकीय गाउँ मार्फामा साइकलमा रमाउँदै विदेशी पर्यटक । मुस्ताङको सुन्दरता र मनमोहक पर्यटकीय स्थानहरुसँग नजिक भएर रमाउनका लागि पछिल्लो समय विदेशी पर्यटकहरु साइकलमार्फत रमाउने गरेको पाइएको छ
Click on Photo to Enlarge
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीमा बनेको पुल र आसपासको क्षेत्र । यो पुलको लम्बाइ ५०० मिटर रहेको छ
Click on Photo to Enlarge
पोखराको महानगरपालिका– २२ पुम्दीकोटस्थित शिव मन्दिर र शिवको मूर्ति । यहाँ रहेको भगवान् शिवको मूर्ति ५२ फिट अग्लो रहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुको मयामस्थित पाथीभरा पदमार्गमा रहेको चुच्चेढुङ्गा । धार्मिक हिसाबले समेत महत्व रहेको यो ढुङ्गा करिब एक सय मिटर अग्लो रहेको छ
Click on Photo to Enlarge
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा पर्ने बोक्चेगौडा भिरको सडक स्तरोन्नतिका क्रममा काम गर्दै गरेका श्रमिक
Click on Photo to Enlarge
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरिएको हवाई इन्धन भण्डारण ट्याङ्की
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका -४ कागबेनी गाउँमा अवस्थित केङी र आसपासका क्षेत्र । गाउँमा मृत्यु भएको मानिसको लास केङी भित्रबाट लैजादा उसले शान्ति पाउने र अन्य व्यक्तिहरु आवतजावत गर्दा पनि रोगव्याधि नलाग्नुका साथै गाउँको सुरक्षा हुने स्थानीयवासीको विश्वास छ
Click on Photo to Enlarge
पर्वतको बिहादी गाउँपालिका-३ रानीपानीका स्थानीय मोहनलाल भट्टराई रेडियो सुन्दै गन्तव्यतर्फ लाग्दै । अहिले सबैको हातहातमा मोवाईल फोन पुगेपनि आफ्नो सूचनाको स्रोत भने एफएम रेडियो रहेको उहाँको भनाई छ
Click on Photo to Enlarge
दाङको तुलसीपुर उपमहानगरपालिका-२स्थित सुनडबरीका किसान धान रोप्नकालागि खेत सम्याउँदै
Click on Photo to Enlarge
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्ड । वर्षाका कारण हाल निर्माणकार्य रोकिएको र मनसुन बाहिरिएपछि पुनः निर्माणकार्य सुरु हुने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ