मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती गाउँ नजिकै कालीगण्डकी बगरबाट लिएको धौलागिरि हिमालको दृश्य । पुस महिना लाग्दा पनि हिउँ नपरेपछि डाँडाकाँडा रुखा, सक्खा र उराठ लाग्दा देखिनुका साथै हिमाल कालापत्थरमा परिणत भएको देखिन्छ । मङ्सिर, पुस महिनामा हिउँ नपर्नु, असोजमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयवासी बताउँछन्
Click on Photo to Enlarge
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ स्थित तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ‘बिओपी’ राख्न पहल भइरहेको छ
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पद तथा गोपनीयताको शपथपछि सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै। साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायत
Click on Photo to Enlarge










